‘पार्टीमा अब गफ होइन, काम गर्ने कार्यकर्ताको मूल्यांकन हुन्छ’
नेपालगन्ज ९ चैत्र : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य वीमा कार्यक्रमलाई खारेज हैन, थप प्रभावकारी तथा व्यवस्थित बनाउदै लगिने बताएकाछन् ।
शनिबार नेपालगञ्जमामा भएको काँग्रेस कार्यकर्ता भेटघाटमा पार्टीका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री पौडेलले आमनेपाली जनताको स्वास्थ्य अवस्था माथि उठाउदै उनीहरुलाई उपचार सेवामा बढीभन्दा बढी सहयोग गर्ने उद्देश्यले वीमा कार्यक्रमलाई घरदैलोसम्म पु¥याउने सरकारको योजना रहेको छ भने ।
बाँके काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा युवा नेता पौडेलले निजि अस्पताललाई मालिकको तजबिजले चलाउने र श्रम शोषण गर्ने प्रवृति सरकारलाई सह् नहुने प्रष्ट पारे । ‘हामी अस्पतालको बेथिति हटाउन निर्मम भएर अघि बढेका छौ’—मन्त्री पौडेलले भने ।
कार्यकर्ताहरुको प्रश्नको जवाफमा युवा नेता मन्त्री पौडेलले पूर्व विशिष्टलाई दिने भनिएको थप सेवा सुविधा लागु नहुने बताउदै बरु संघीय र प्रदेश सांसदको सीट संख्या कटौति गर्नुपर्ने खाँचे रहेको छ भने ।
अध्यक्षताको आसनवाट नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीमा कामको आधारवाट कार्यकर्ताको मूल्यांकन हुने बताए । उनले भने—‘पार्टी संष्ठनमा अब गफ हैन, काम गरेर देखाउनुपर्छ । काम गर्नेको मूल्यांकन हुन्छ, गफ गर्नेहरु पाखा लाग्नेछन् ।’
पार्टी जिल्ला सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पार्टी जिल्ला उपसभापतिद्धय गोपालप्रसाद अधिकारी, कृष्ण कार्की, प्रदेश कमिटि सदस्य परमेश्वरी पाठक, अञ्जना पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
कार्यकर्ता भेटघाटमा नेपाली काँग्रेसका युवा नेता मेघराज ओली, लुटबहादुर केसी र गोपाल गिरीलगायतले जिल्लाको विकास, पार्टी संगठनलगायतका समसामियक घटनाका सन्दर्भमा मन्त्री पौडेललाई जनकारी गराएका थिए ।





0 Comments