प्रथम राप्ती सोनारी महोत्सवको तयारी तीब्र, ८० प्रतशित काम सम्पन्न

प्रथम राप्ती सोनारी महोत्सवको तयारी तीब्र, ८० प्रतशित काम सम्पन्न

बिनौना (बाँके) २८ माघः बाँकेको राप्ती सोनारीमा हुन लागेको ‘प्रथम राप्ती सोनारी कृषी व्यापार एवं पर्यटन महोत्सव–२०८१’ को तयारी तीब्र पारिएको छ । आगामी फागुन १ गतेदेखी ११ गतेसम्म राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ बिनौनास्थित राप्तीसोनारी रंगशालामा उक्त महोत्सव सञ्चालन गर्न लागिएको हो । 

महोत्सवको तयारी तीब्र पारिएको मुख्य आयोजक राप्तीसोनारी उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष टिकाराम ढुंगानाले महोत्सवको करीव ८० प्रतिशत काम भईसकेको जानकारी दिए ।

महोत्सव सञ्चालनका लागी सबै पक्षसँग छलफल, परामर्श लिने काम गरिरहेको पनि उनले बताए । ‘अहलिेसम्म लगभग ८० प्रतिशत भईसकेको छ, पर्सी बिहानसम्म सबै काम सम्पन्न हुन्छ,’ उनले भने ‘महोत्सव स्थलमा निर्माण कार्यसँगै प्रचार–प्रसारको काममा पनि हामी लागेका छौं ।’

अहिले महोत्सव स्थलभित्र स्टल ब्यवस्थापनसँगै मनोरञ्जनका सामाग्री जडानको काम चलिरहेको संघका महासचिव मोहन गौतमले बताए । ‘महोत्सवलाई ब्यवस्थित रुपले सञ्चालन गर्नको लागि हामीले राप्तीसोनारीका सम्बद्ध सरोकारवाला पक्षसँग पनि निरन्तर छलफल गरिरहेका छौं,’ उनले भने । महासचिव गौतमका अनुसार सोमबार पनि महोत्सव स्थलमा वभिन्नि सरोकारवाला पक्षसँग छलफल गरिएकोछ ।

कृषि, पर्यटन, व्यापार व्यवसाय प्रवर्धनका लागि महोत्सव गर्न लागिएको संघले जनाएको छ । उक्त महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्वारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आर्कषण रहनेछन् । उक्त महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्तीसोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायत सम्बन्धी स्टलहरु रहनेछन् ।

महोत्सवमा हरेक दिन स्थानीय एवम राष्ट्रिय स्तरका साँस्कृतकि कार्यक्रम हुनेछन् । पहिलो पटक आयोजना हुन लागेको महोत्सवप्रति राप्तीसोनारीबासीको धेरै चासो रहेको महासचिव गौतमले बताए । ‘राप्ती सोनारीबासी लगायत यहाँका अगुवाहरु, विभिन्न सरोकारवाला सबै उत्साहित हुनुहुन्छ, महोत्सवलाई कसरी भब्य रुपले सम्पन्न गर्ने भन्नेमा सबैको चासो र चिन्ता रहेको छ,’ उनले भने । 

Duduwa Tato hawa Bachau Image

महोत्सव स्थल भित्र रहने थारु गाउँ थप आर्कषकको केन्द्र बन्ने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका लागि राप्तीसोनारी गाउँपालिका कार्यालय अगैया बाँकेसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहकार्य रहेको छ । महोत्सव अवधिभर एक लाख ५० हजार देखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ ।