खुमन अधिकारीको गीतमा नाचे दर्शक

खुमन अधिकारीको गीतमा नाचे दर्शक

नेपालगन्ज २० माघ : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको ११ औं दिन आइतबार लोकप्रिय गायक खुमन अधिकारीले दर्शकलाई छमछमी नचाएका थिए ।

उनले आधा दर्जन बढी गीत गाएका थिए । गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहेको थियो । हुम्लाका कलाकारले कर्णाली प्रदेशको डेउडा सांंस्कृतिक प्रस्तुती दिएका थिए ।

महोत्सव सांस्कृतिक उप–समितिका संयोजक मख्खन धामीका अनुसार १२औं दिन गायक शिव परियार, एञ्जिला रेग्मी, लक्ष्मी आचार्य, हास्य कलाकारद्वय शिवशंकर रिजाल जोगिन्दर र सुरेन्द्र केसी मुला सागको प्रस्तुती हुनेछ । 

Duduwa Tato hawa Bachau Image


प्रादेशिक महोत्सवका प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द मेला अवधि सकिन लागिरहेकाले बाँकेबासीलाई सहभागी हुन आग्रह गर्छन् ।