राप्तीसोनारीमा नदिजन्य पदार्थ उत्खनन्का लागी साढे ५ करोडको ठेक्का

राप्तीसोनारीमा नदिजन्य पदार्थ उत्खनन्का लागी साढे ५ करोडको ठेक्का

नेपालगन्ज १५ माघ : बाँकेको राप्तीसोनारी गाउँपालिकाको सबै भन्दा ठुलो आन्तरिक श्रोत नदिजन्य पदार्थ उत्खखनको एक भाग ठेक्का लागेको छ । 

राप्तीसोनारी गाउँपालिकाले यस वर्ष राप्ती वारी र पारिको गरेर दुई भागमा विभाजन गरेर टेण्डर खोलेको थियो । मंगलबार राप्ती वारिको ६ वटा घाटको ठेक्का लागेको हो ।

गाउँपालिकाले गत पुष १४ गते प्रकाशित गरेको सूचना अनुसार राप्ती वारिको ठेक्का लागेको हो ।

सूचना प्रकाशनको अन्तिम दिन मङ्गलबार ५ करोड ४८ लाख ८ सय ८१ रुपैयाँमा मनोज केसीको एके एस निर्माण सेवाले राप्ती वारीको जलाला घाट, खल्ला टपरी घाट, जंगपुर साईपुर घाट, सिनावाज नयाँ बस्ती घाट, नवलपुर घाट र आलिनगर चाचरफर्का घाटको टेण्डर पारेको राप्तीसोनारी गाउँपालिका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत गौरव लामिछानेले जानकारी दिए । यद्यपी औपचारिक सम्झौता हुन बाँकी छ । 

राप्तीसोनारी गाउँपालिकाले राप्ती पारि मुगुवा दक्षिण टिकुलीपुर घाट, सिजनिया शम्शेरगन्ज घाट, बग्दैला घाट, परुवा खोला र झिझरि खोला घाटको ६ करोड १९ लाख ७० हजार ५ सय १२ रुपैयाँ र राप्ती वारीको जलाला घाट, खल्ला टपरी घाट, जंगपुर साईपुर घाट, सिनावाज नयाँ बस्ती घाट, नवलपुर घाट र आलिनगर चाचरफर्का घाटको ५ करोड ८ लाख २८ हजार ८ सय ८० रुपैयाँको गरि ११ करोड २७ लाख ९९ हजार ३ सय ९२ रुपयाँको टेण्डर आह्वान गरेको थियो । सूचना प्रकाशित गरेर राप्ती पारि पुनः पालिकाले टेण्डर आह्वान गर्ने भएको छ ।

Duduwa Tato hawa Bachau Image

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले बातावरण प्रभाव मूल्याकन गरेर ठेक्का प्रकृया गरेको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरे ।