शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा अध्यापन शुरु
- | अर्थ | नेपाखबर | स्वास्थ्य
- १५ माघ २०८१, मङ्गलवार
- नेपाखबर
कोहलपुर १५ माघ : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह बीडीएसको अध्यापन शुरु भएको छ ।
चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह बीडीएस, बिएमएलटी र बिएमआईटिको अध्यापन शुरु गरिएको छ ।
हालै काठमाण्डौ विश्व विद्यालयबाट बीडीएसमा १५, बिएमएलटीमा ५ र बिएमआईटिमा ५ जनाको कोटा प्राप्त भएको शिक्षण अस्पताल कोहलपुरका प्रशासन प्रमुख राम बहादुर हमालले जानकारी दिए ।
अध्यापनसँगै डेन्टल कलेजमा ९ वटा डिपार्टमेन्ट स्थापना गरि अति विशिष्ट विशेषज्ञद्वारा उच्च स्तरीय सेवा अत्याधुनिक उपकरणबाट दिन शुरु गरिएको हमालले बताए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा नयाँ व्यवस्थापन आएसँगै हरेक क्षेत्रमा गुणस्तरीय सेवा शुलभ मूल्यमा दिन शुरु गरिएको हमलाको भनाई छ । नेपालमा पछिल्लो समय सामान्य जनमानसमा मुख स्वास्थ्यप्रति चेतना बृद्धिसँगै दन्त्त चिकित्सकको अध्ययनमा रुचि बढ्दै गएको पाइएको समेत उनले बताए ।
मुख खानेकुराको प्रवेशद्वार भएको हुँदा केही समस्या हुनासाथ मानिसहरू चिकित्सकलाई देखाउन पुगिहाल्ने हुँदा सहरी क्षेत्रमा थुप्रै दन्त्त क्लिनिक खुल्न थालेकोले बीडीएसप्रति आकर्षण बढेकोले बिडिएसको अध्ययन शुरु गरिएको उनले बताए ।
कोहलपुरमै बीडीएसको अध्ययन–अध्यापन प्रारम्भ भएपछि सोका लागि विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्यामा कमी आउने छ । नेपालबाट दन्त्त चिकित्सक पढ्ने विद्यार्थीबाट वार्षिक रूपमा बिदेसिने अर्बौँ रुपैयाँ जोगिने उनले बताए ।





0 Comments