कट्टा हान्दिन्छु भन्दै एलिनाको प्रस्तुती
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- १५ माघ २०८१, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज १५ माघ : प्रादेशिक महोत्सव २०८१ को छैटौं दिन मंगलबारगायिका एलिना चौहान लगायतका कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो । गायिका एलिना चौहान, गायक कमल बिसी माल्दाइ, डान्सर तथा मोडल रुबिना अधिकारी, गायक राज कुश्मी लगायतका कलाकारहरु महोत्सवमा आएका थिए ।
स्थानीय कलाकारहरुको प्रस्तुति सकिएलगत्तै राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए । सुरुमा गायक कमल बिसी माल्दाइ डोरी बाटेर गीत गाउँदै स्टेज उक्लिएका थिए। उनले झन्डै आधा दर्जन गीतहरू गाएर दर्शकहरुलाई झुमाएका थिए।
कमलको प्रस्तुति सकिएपछि डान्सर रुविना अधिकारीले पनि आधा दर्जन गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै, मंगलबारको हट केक मानिएकी गायिका एलिना चौहानको प्रस्तुतिमा त दर्शकहरु अतिनै झुमेका थिए । उनले ‘यो भाग्यमा खोट छु... धोकेबाज..., कट्टा हान्दिन्छु...मिनरल वाटर..लगायतका लोकप्रिय गीत गाउँदा दर्शकहरुले पनिसँगै गाएर नाच्दै साथ दिएका थिए ।
राष्ट्रिय कलाकारहरुको रुपमा अन्तिम प्रस्तुति चाहिँ चर्चित थारु गायक राज कुश्मी स्टेज उक्लिएका थिए। उनले पनि आफ्ना चर्चित गीतहरू गाएर मनोरञ्जन प्रदान गरेका थिए। उनले झन्डै डेढ घण्टा आफ्नो प्रस्तुति दिएका थिए ।
साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसारसातौं दिन भोलि बुधबार लोकप्रिय गायक बद्री पंगेनी, गायक चक्र बम, गायिका भूमिमा गिरी र डान्सर आरुषी मगरले महोत्सवमा प्रस्तुति दिनेछन् ।





0 Comments