डुडुवाको गाउँसभामा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

डुडुवाको गाउँसभामा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

नेपालगन्ज २८ पुष : बाँके डुडुवा गाउँपालिकाको १७ औँ गाउँसभा बसेको छ । शनिबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । 

सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

पालिकाले बेतहनी स्वास्थ्य चौकीमा निमार्ण गरिएको नयाँ भवनबाट विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन, हिरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको सञ्चालन, वडा नम्बर–२ स्थित वीऊ भण्डारण केन्द्रको सञ्चालन गरिने अध्यक्ष चौधरीले बताए । उनले पालिकामा सञ्चालित अन्य कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने बताए ।

सभामा सेवा निबृत्त कर्मचारीहरु धनबहादुर बुढा, नरेश काँदु, शेरबहादुर केसी र जोगीसिंह सिखलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरि विदाई गरिएको थियो । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ लगायताले योजना तथा कार्यक्रमका बारेमा बोलेका थिए । सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेले सञ्चालन गरेका थिए ।

Duduwa Tato hawa Bachau Image

यसैबीच, सोमबार बैजनाथ गाउँपालिकाका गाउँसभा बस्दैछ । दिउँसो एक बजे गाउँ कार्यपालिकाको कार्यालयमा गाउँसभा बस्ने अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।