बाँकेमा मनाइयो पृथ्वी जयन्ती
नेपालगन्ज २७ पुष : बाँकेमा ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राप्रपा, राप्रपा नेपाल, विद्वत परिषद्, शिव सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका हुन् ।
राप्रपाले महामन्त्री डा. धवलशमशेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नन्दलाल वेश्य, विन्दु चर्तिमगर, रितु चन्द, हुकुम केसी, खगेन्द्र गिरी कोपिलालगायतको उपस्थितिमा नेपालगन्जको बागेश्वरी पार्कमा कार्यक्रम गरी दिवस मनाएको छ ।
राप्रपाले डुडुवा गाउँपालिकामा पनि कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । खजुरा गाउँपालिकामा पनि कार्यक्रम गरेकोछ ।
राप्रपा नेपालले रातीतलाउस्थित आफ्नै कार्यालयमा चियापान कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । सहायक महामन्त्री तेजविक्रम शाह, जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर सिंहलगायत कार्यक्रममा उपस्थित थिए ।
नेपाल विद्वत परिषद्, बाँकेले छुट्टै कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । भने शिव सेनाले नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेको थियो । उक्त ¥याली नगरका विभिन्न चोक परिक्रर्मा गरि कोण सभामा परिणत भएको थियो ।
यस्तै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको मनाएको थियो । भने राष्ट्रपति रामचन्द्र पौडेलले सिंह दरबारको पश्चिम गेट अगाडी रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।





0 Comments