ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशमा नेतृत्व फेरियो

बर्दियाका श्रेष्ठलाई अध्यक्ष र बाँकेका रेग्मीलाई कोषाध्यक्षको जिम्मा
ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशमा नेतृत्व फेरियो

नेपालगन्ज २२ पुष : ग्यास बिक्रेता ब्यवसायीहरुको छाता संगठन ग्यास बिक्रेता महासंघ, नेपाल लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित भएको छ । 

बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित गरेको हो ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

महांघको अध्यक्षमा बर्दियाका ईन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा परासीका हरि अधिकारी, उपाध्यक्षमा पाल्पाका मञ्जु रेग्मी, उपाध्यक्षमा दाङका शेरबहादुर केसी, महासचिवमा रुपन्देहीका शालिकराम लेस्ती, सचिवमा कपिलबस्तुका बाबुराम पाण्डे, सहसचिवमा परासीका सन्दिप अग्रहरी र कोषाध्यक्षमा बाँकेका सुनिल रेग्मी निर्वाचित भएका छन् ।


Duduwa Tato hawa Bachau Image

यसैगरी सदस्यहरुमा रुपन्देहीका खुमानन्द भट्टराई, बर्दियाका टिकाराम कोईराला, बाँकेकी सावित्री बस्नेत, गुल्मीका रामबहादुर कुँवर, गुल्मीकै धनराज राना, दाङका मदन चौधरी, कपिलबस्तुका सन्देश कक्षपति र रुपन्देहीका विष्णु बहादुर क्षेत्री निर्वाचित भएका छन् । महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा यसअघि रामप्रसाद गैरे अध्यक्ष थिए ।