खजुराको गाउँसभा शुरु

खजुराको गाउँसभा शुरु

नेपालगन्ज २१ पुष : बाँकेको खजुरा गाउँपालिकाको १६ औं गाउँसभा शुरु भएकोछ । आईतबार एक समारोहकाबीच गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले गाउँसभाको शुरुवात गरेका हुन् । 

‘हामी आफै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मूल नाराका साथ खजुरा गाउँपालिकाको १६ औं गाउँसभा शुरुवात भएको हो । 

गाउँसभामा विभिन्न वडा कार्यालयहरुको योजना कार्यक्रम, विषयगत शाखा, वडाका विभिन्न योजनाहरुको ठेक्का पश्चात बचेको रकमको विभिन्न योजनाको विनियोजित रकमको संसोधन तथा रकमान्तर बजेटका उपर छलफल गरिएको थियो । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

गाउँपालिकाकाकी उपाध्यक्ष मञ्जु मल्लले स्वागत गरेकी उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले कार्यक्रम सञ्चालन गरेको थिए । 

Duduwa Tato hawa Bachau Image

सोहीक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’, उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले हालै सम्पन्न नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश तथा केन्द्रको अधिवेशनमा निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गरेको गाउँपालिकाका प्रेस सल्लाहकार चन्द्र बहादुर बोहराले जानकारी दिए ।