मेटियो नेपालगन्ज मेडिकल कलेजको ‘अस्तित्व’

कलेजको नाम फेरेर ‘संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि’ कायम
मेटियो नेपालगन्ज मेडिकल कलेजको ‘अस्तित्व’

नेपालगन्ज १६ पुष : नेपालगन्ज मेडिकल कलेजको ’अस्तित्व’ मेटिएको छ । झण्डै तीन दशकदेखी लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत बाँकेको चिसापानी, कोहलपुर र नेपालगन्जमा नेपालगन्ज मेडिकल कलेज सञ्चालनमा रहेको थियो ।

कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल समेत सञ्चालनमा ल्याएको थियो । कलेजमा नयाँ ब्यवस्थापन फेरिएको करिव ८ महिनापछि अस्तित्व मेटाइएको हो । नयाँ ब्यवस्थापनले उक्त कलेजको नाम परिवर्तन गरेर संजिवनी कलेज अफ मेडिकल साइन्सेस  प्रा.लि. कायम गरेको छ ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

नेपालगन्जमा सञ्चालित अस्पतालको मुख्य गेटमा साईन बोर्ड समेत झुण्ड्याइएको छ । अस्पतालको गेटमा सोमबार बेलुका साइन बोर्ड झुण्ड्याइएको हो । साविक मेडिकल कलेजका कर्मचारीहरु तलब बृद्धि लगायत विभिन्न माग राखेर अहिले आन्दोलनमा छन् । कर्मचारी र कलेज ब्यवस्थापन बीचको विवाद अदालतसम्म पुगेको छ । 

Duduwa Tato hawa Bachau Image

पटक–पटक बसेको बार्ता र छलफल निस्कर्ष विहिन बन्न पुगेपछि विवाद अदालत समक्ष पुगेको हो । तत्कालित प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले जिम्मेवारी छाडेर सञ्चालक सदस्यमा बसेपछि विगत ८ महिनायता डा. खुमाप्रसाद अर्यालले नेतृत्व गरिरहेका छन् ।