अवधी संविधान हस्तान्तरण

अवधी संविधान हस्तान्तरण

नेपालगन्ज १३ पुष : स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । 

डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याएको छ । प्रकाशित प्रतिलाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानूनकर्मी सन्तोष रेग्मीले प्रदान गरेका हुन् ।

मन्त्रालयमा एक समारोहकाविच आइएचआरसीका सल्लाहकार रेग्मीले संविधान प्रकाशनबारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधी संविधान हस्तान्तरण गरे ।

त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधी भाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अवधी भाषीलाई संविधान पढ्न आग्रह गरे । उनले सरकारले गर्ने कामलाई सहयोग गरेको भन्दै कानूनलाई स्थानीयकरण गरेकोमा खुशी व्यक्त गरे ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

यसैबीच प्रकाशित अवधी संविधानलाई भाषा आयोगमा पनि पठाइएको छ । भाषा आयोगले बहुप्रचलनमा रहेका १२ वटा स्थानीय भाषामा सँविधान अनुवाद गरेर जनतालाई वितरण गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

Duduwa Tato hawa Bachau Image

आइएचआरसी संस्थाले अवधी संविधानलाई समुदायमा निःशुल्क रुपमा वितरण गरिरहेको छ । आगामी दिनमा अन्य कानूनलाई अनुवाद गरि प्रकाशनको तयारी गरेको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए ।