‘बालकोट बुढानिलकण्ठ भ्रष्टाचारका अखडा हुन्’
नेपालगन्ज १३ पुष : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट बुढानिलकण्ठ भ्रष्टाचारका अखडा भएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटीको तेस्रो अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकार सत्ताधारी दलहरुकै कारण भ्रष्टाचार मौलाएको महासचिव गुरुङले दाबी छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोल्दा आत्तिएर दुई पार्टीले अप्राकृतिक गठबन्धन गरेको उनको भनाइ थियो ।
केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि गिरीबन्धु, भुटानी काण्डमा मुछिएकाहरुको संरक्षण गरिएको महासचिव गुरुङको दाविछ ।
नेपाली का“ग्रेस र नेकपा एमालेका कारण देश बदनाम भएको उनले बताए । महासचिव गुरुङले अगाडी भने, ‘वर्तमान सरकार बदलाको राजनीति गर्दैछ । दलाल पुँजीवादी प्रवृत्तिको पक्षपोषण गरिरहेको छ । सरकारका विरुद्धमा शसक्त रुपमा विरोध गर्नुपर्छ ।,’
यस्तै, पछिल्लो निर्वाचनबाट बैकल्पिक राजनीतिबाट उदाएको पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले देखाएको व्यवहारपनि बदलाको राजनीतिबाट प्रेरित रहेको उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको राजनीति गरिरहेको उनको दाबी थियो ।
गिरीबन्धु, यती होल्डिङ, ओम्नी, सेक्युरिटी प्रिटिङ प्रेस, भुटानी काण्ड मच्चाएर देशलाई बदनाम गराएको उनले बताए । पछिल्लो समय नेकपा माओवादीप्रति जनताको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
मंसिरमा सम्पन्न स्थानीय चुनावमा देशलाई अझै माओवादीको खाँचो छ भन्ने पुष्टि भएको उनले बताए ।
यस्तै सोक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपालका क्रान्तिकारी बामपन्थीहरु एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए ।
उनका अनुसार देशको समृद्धिको लागि कम्युनिष्ट पार्टीहरुबीच एकता हुुन आवश्यक छ । एकता प्रक्रियाको नेतृत्व नेकपा माओवादी केन्द्रले नै गरिरहेको अध्यक्ष बरालको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रले बाँके जिल्लाका आठ वटै पालिकामा एकैपटक अधिवेशन आयोजना गरेको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ । सोक्रममा शुक्रबार बाँकेको कोहलपुरसंगै नेपालगन्ज, राप्तीसोनारी, डुडुवा र बैजनाथमा पालिका अधिवेशन गरिएकोछ । यी पालिकामा नयाँ नेतृत्व चयन गरिदैँछ ।
यसैबीच, नेकपा माओबादी केन्द्र डडुवा गाउँपालिकाको अधिबेशनबाट मनबिर थापाको अध्यक्षतामा ४५ सदस्यिय पालिका कमिटि गठन गरिएकोछ ।
अधिबेशनको प्रमुख अथिति केन्द्रिय सल्लाहकार चन्द्रकान्त ‘बिशेस’, अथिति नबिनको अथित्यमा अध्यक मनबिर थापा उपाध्यक्ष प्रेमा शाही, दयाराम यादव सचिव, फैमुद्दिन खाँ सह–सचिव र दीपशिखा दहाल लगायत ४५ सदस्यिय पालिका कमिटि गठन भएकोछ ।





0 Comments