‘कम्युनिष्ट क्रान्तिकारीहरुको एकता नै आजको आवश्यकता’

‘कम्युनिष्ट क्रान्तिकारीहरुको एकता नै आजको आवश्यकता’

नेपालगन्ज १२ पुष : नेपालगन्जमा बिहीबार माओ दिवस मनाइएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बाँकेको आयोजनामा १३२औं माओ दिवस मनाइएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला सचिव गुणनिधि आचार्यको अध्यक्षता एवम् क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर–६ का संयोजक दीपक शाहीको प्रमुख आतिथ्यतामा धम्बोझी चोकमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य आइपी खरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण पाण्डे, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य ऋषिराम थारु, कमला खड्का, अखिल क्रान्तिकारी बाँके जिल्ला संयोजक प्रकाश विश्वकर्मा, बाम बुद्धिजीवी नरेन्द्र जङ्ग पिटर, मुस्लिम नेता अतहर हुसेन फारुकी, अब्दुल खान लगायत नेताहरुको उपस्थिति थियो ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

अखिल क्रान्तिकारी बाँके जिल्ला संयोजक विश्वकर्माको स्वागत मन्तब्यसँगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि शाहीले पार्टीको आगामी नीति तथा कार्यक्रम स्पष्ट गर्दै कम्युनिष्ट क्रान्तिकारीहरु बीचको एकताका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । 

Duduwa Tato hawa Bachau Image

उनले विभिन्न खेमामा रहेका क्रान्तिकारीहरुलाई एकतामा आउन आह्वान समेत गरे । उनले पार्टीको राष्ट्रिय एकता महाधिवेशन ऐतिहासिक र भव्यरुपमा सम्पन्न भएको जानकारी दिए ।