लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा एमालेद्वारा निलम्बित

लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा एमालेद्वारा निलम्बित

नेपालगन्ज ११ मंसिर : पार्टी अनुशासन विपरीत काम गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई कारबाही गरिएकोछ । नेकपा (एमाले) बाँकेले अनुशासन विपरित काम गरेको भन्दै दुुर्गालाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बनको कारबाही गरेको हो । 

पार्टीलाई हानी नोक्सानी पु¥याउने मनसायका साथ केन्द्रिय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य मान्यता विपरीत सार्वजनिक रुपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने जस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८(३) र (४)० बमोजिम स्पष्टीकरण सोधिएकोमा कमिकमजोरी महसुस गर्नुको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१(७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरुप पार्टी सदस्यताबाट निलम्बन गरिएको एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले भने, ‘लगातार पार्टी नेता र पार्टीविरुद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएका छौं ।’

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारु लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

Duduwa Tato hawa Bachau Image

पूर्व माओवादी सेनामा रहेका थारु नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिव भएका थिए ।