राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई

राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई

नेपालगन्ज १० कार्तिक : दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले जितेका छन् ।

निर्धारित दूरी आयुसले १९ मिनेट २३ सेकेण्डमा पुरा गरे भने अनिसाले २५ः२१ः०५ मिनेटमा पुरा गरिन् ।

नेपालगन्ज म्याराथनको एक दशक यात्रा पुरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली १९ः४८ः०६ मिनेटका साथ दोस्रो र मनोज थारु २१ः२१ः०९ मिनेटका साथ तेस्रो भए । त्यसैगरी छात्रातर्फ सुमित्रा रानाले २८ः३९ः०२ मिनेटसहित दोस्रो र सन्तोषी थारु ३८ः५०ः०६ मिनेटसहित तेस्रो भए ।

बिजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तिर्थ ओली, नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गरेका थिए । पहिलो दोस्रो र तेस्रो स्थान हाँसिल गर्नेलाई नगद रु तीन हजार, दुई हजार र एकहजार प्रदान गरिएको थियो ।

राप्तीसोनारी रनको उद्घाटन गर्दै पालिका प्रमुख पौडेलले नेपालगन्ज म्याराथनसँग राप्तीसोनारी पालिका साझेदारी गर्न तयार रहेको बताए । राप्तीसोनारीलाई खेलकुदमय बनाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पालिकाले योजना बनाइरहेको पनि उनले जानकारी गराए । 

Duduwa Tato hawa Bachau Image

पालिकाको महत्वपुर्ण साझेदारी भइदिए राप्तीसोनारी रन हरेक वर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले बताए । दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो । त्यसमा स्थानीय शिक्षक, वृद्ध लगायत उपस्थित थिए ।