प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

कोहलपुर १९ असोज : आर्थिक मन्दीले निराशा छाएको कोहलपुरका व्यवसायीहरुको मुहारमा प्रदीप भट्टराई नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहको उम्मेदवारीले खुसी छाएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । 

लामो समय देखि व्यवसायीका हक, हितमा काम गर्र्दै आएका सक्षम युवा भट्टराई नेतृत्वको समूहको उम्मेद्वारीले व्यवसायीहरु हर्षित भएको स्थानीय व्यवसायी बिजय पुडासैनीले प्रतिक्रिया दिए ।

कोहलपुरको व्यापारिक विकासलाई नयाँ उचाइमा पु¥याउन लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उमेद्वारहरु यतिबेला प्रचार–प्रसारमा होमिएका छन् ।

पूर्वाधार विकास, व्यापार प्रवर्द्धन, रोजगारी सृजना र व्यवसायीमैत्री वातावरण निर्माणमा केन्द्रित हुने भन्दैे कोहलपुरलाई एक आधुनिक र प्रतिस्पर्धी व्यापारिक केन्द्र बनाउने लक्ष्य सहित ब्यापक रुपमा लोकतान्त्रिक समावेशी समूहका उमेद्वारहरुले मतदाता भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै मतदाताहरु भेटघाट गर्न लोकतान्त्रिक समावेशी समूहले घरदैलो तथा प्रचार–प्रसार कार्यक्रमलाई तीब्रता दिएको छ । शनिबार समूहले कोहलपुर नगरपालिका वडा नम्बर–११ अन्र्तगत  एनटिभि रोड, दशबिगाह, पुरानो बसपार्कमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

लैंगिक समानता, सामाजिक समावेशिता र सबै प्रकारका व्यवसायलाई समान अवसर प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराईले भने,‘कोहलपुर उद्योग बाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा थलो बनाउने हाम्रो उद्देश्य हो ।’

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको मूल मन्त्र बनाएका अध्यक्ष पदका उम्मेदवार भट्टराईले संघको कामकारबाहीलाई पारदर्शी बनाउने र हरेक व्यवसायीलाई आफ्नो मतको महत्व बुझाउने प्रतिक्रिया दिएका छन् । आफु निर्वाचित भएर आईसको पछि संघलाई व्यवसायीहरूको हितमा काम गर्ने प्रभावकारी संस्था बनाउने भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन् । 

चुनावी प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमपछि समूहतर्फका बरिष्ठ उपाध्यक्ष पदका उमेद्वार चण्डीप्रसाद गैरेले प्रचारप्रसारले दिनप्रति दिन नयाँ आयाम लिइरहेको बताए । 

यस अभियानले कोहलपुरको व्यापारिक क्षेत्रमा नयाँ ऊर्जा थपेको बताउँदै व्यवसायीहरूको आवाजलाई संस्थागत रूपमा उठान गर्न र कोहलपुरको व्यापारिक विकासमा नयाँ अध्याय थप्न आपूmहरु प्रतिबद्ध रहेको बरिष्ठ उपाध्यक्ष पदका उमेद्वार गैरेले बताए ।

प्रचारप्रसारका क्रममा व्यवसायीहरूले लोकतान्त्रिक समावेशी प्यानलका उम्मेदवारहरूलाई समर्थन जनाएका छन् । उनीहरूले लोकतान्त्रिक प्यानलले कोहलपुरको व्यापारिक क्षेत्रको विकासका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । 

Duduwa Tato hawa Bachau Image

प्रचारप्रसार कार्यक्रममा व्यवसायीहरूले लोकतान्त्रिक समूहले सबै प्रकारका व्यवसायीहरूको हितलाई ध्यानमा राखेर काम गर्नेछ भन्ने विश्वास लिएको बताएका छन् ।

यसैगरी भट्टराईको नेतृत्वमा चण्डीप्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दीपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेँल कोषाध्यक्ष र उप–महासचिवको रूपमा राजनकुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।

लोकतान्त्रिक समावेशी प्यानलको एशोसियट सदस्यतर्फ राजेन्द्र प्रसाद रिजाल, खुल्ला सदस्यतर्फ अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा,  मान बहादुर बुढाथोकी सहित ममता थापा र सिता योगी अधिकारी महिला सदस्यतर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।