‘महिलालाई हेरौं यसपटक’ भन्दै अञ्जना नेतृत्व समुहको चुनावी प्रचारप्रसार

‘महिलालाई हेरौं यसपटक’ भन्दै अञ्जना नेतृत्व समुहको चुनावी प्रचारप्रसार

कोहलपुर १९ असोज : बाँकेको कोहलपुरमा आउँदो कार्तिक ३ गते हुने निर्वाचनमा होमिएको प्रगतिशिल प्यानलको घरदैलो भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघका मतदाताहरुको समेत उत्साहजनक सहभागिता रहेको पाईएको छ ।

‘व्यवसायीक संरक्षण र अधिकारको सुनिश्चितता व्यावसायीक एकता प्रगतिशिल प्यानलको प्रतिवद्धता’ भन्ने मुल नाराका साथ निर्वाचण कार्यक्रममा सहभागि अञ्जना धितालले नेतृत्व गरेको प्रगतिशिल प्यानलको प्रचार प्रसारमा कोहलपुर क्षेत्रका महिला व्यापारी, महिला उद्यमी तथा बहुसंख्यक रुपमा महिलाहरु प्रचार प्रसारमा होमिएपछि प्यानलले आफ्नो जित सुनिश्चित हुने आँकलन गर्न थालेको छ ।

घरदैलो कार्यक्रमका क्रममा मतदाताहरुको न्यानो माया स्नेह र आत्मियता पाएका प्रचार–प्रसारमा खटिएका उम्मेदवारहरुले क्याम्पस रोड हुदैँ साझा चोक पुग्दा स्थानीय व्यापारीहरुले सर्वतपानी खुवाएर स्वागत गरेपछि उम्मेदवारहरु झन हौसिएका थिए ।

चुनाव प्रचार–प्रसार समितिका संयोजक समेत रहेका कुस्माखर वस्यालले महिलाको नेतृत्वले जित हासिल गर्नु भनेको तमाम महिलाहरुलाई स्वाभिमान बनाउन ‘एक घर एक महिला उद्यमशिल’ उत्पादन गर्ने अभियानले सार्थकता पाउने बताएका छन् ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

बाँके क्षेत्र नम्बर–१ का संयोजक समेत रहेका वस्यालले यसपालिको उद्योग वाणिज्य संघको निर्वाचन लक्षित प्रगतिशिल प्यानलको प्रचार प्रसारको नेतृत्व लिंदै ‘पुरुषलाई हेर्यौँ पटक–पटक महिलालाई हेरौं यसपटक’ भन्ने नाराका साथ फिल्डमा खटिएका छन् । 

वस्यालको नेतृत्वको प्रचार–प्रसार समितिलाई एमडि कडेँल र केशवराज शाहीले सहसंयोजकको भूमिका निभाउँदै साथ दिईरहेका छन् ।

Duduwa Tato hawa Bachau Image

कोरोना महामारि पश्चात उठनै नसकेको व्यापार व्यवसायीहरुको तमाम पीर, मर्कालाई सम्बोधन गर्न कुनैपनि क्षेत्रमा विवाद नभएको, कुनै कानूनी झै झमेला तथा मुद्दा मामिला नपरेकी महिला नेतृ अञ्जना धितालको प्यानलमा बरिष्ठ उपाध्यक्षमा भुपेन्द्रप्रसाद काफ्ले ,उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी,बस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दीपक अर्याल, उप–महासचिव गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह–कोषाध्यक्षमा टंक प्रसाद खनालले उमेदवारी दर्ता गरेका छन भने सदस्यहरुमा, अंकित सिग्देल ,एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन बिस्वकर्मा, भानुराज उपाध्याय, मोतीप्रसाद सुबेदी, रबिप्रसाद कर्माचार्य, राजिव शर्मा तथा महिला सदस्यहरुमा अस्मिता केसी, प्रतिभा खड्का तथा एशोसियट सदस्यमा दिपेश खनाल रहेका छन् ।