लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव

लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव

नेपालगन्ज १८ असार : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले स्वदेशमै अब्बल जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ बाँकेमा प्रादेशिक विश्वविद्यालय स्थापना गरेको बताएकाछन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवको अवसरमा मङ्गलबार नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विश्व विद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री महराले भने, ‘स्वदेशमै अब्बल जनशक्ति तयार पार्ने उद्देश्यले विश्व विद्यालयको स्थापना भएको हो ।’ यसले देशमै प्राविधिक शिक्षालयको केन्द्र बनाउने प्रदेश सरकारको योजना रहेको छ । 

उनले उच्च शिक्षामा नेपालका विश्व विद्यालय पनि सक्षम रहेको भन्दै युवा पुस्तामा सकारात्मक सोच र भावनाको विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सामाजिक विकासमन्त्री तथा विश्व विद्यालयका सहकुलपति रत्नबहादुर खत्रीले विश्वविद्यालयको जग्गा प्राप्तिका लागि केन्द्र सरकारसँग आग्रह गरे । मन्त्री खत्रीले स्थानीय तहबाट भएको सिफारिसलाई तत्काल कार्यान्वयन गरेर विश्व विद्यालयलाई जग्गा उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. महेन्द्रमान गुरुङ, भूमि व्यवस्था तथा कृषि मन्त्री भण्डारीलाल अहिले विश्व विद्यालयका उपकुलपति प्रा.डा. विनोद ढकाल लगायतले मन्तव्य व्यक्त गर्दै विश्व विद्यालयलाई पश्चिम नेपालको मात्रै नभएर विश्वमै चिनारी दिन सक्ने शैक्षिक संस्थाको रूपमा अघि बढाउन आग्रह गरे ।

Duduwa Tato hawa Bachau Image