कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : लोकतान्त्रिक समुहद्वारा प्रदीप भट्टराई नेतृत्वको टिम घोषणा

कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : लोकतान्त्रिक समुहद्वारा प्रदीप भट्टराई नेतृत्वको टिम घोषणा

नेपालगन्ज १४ असोज : आगामी कात्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागी लोकतान्त्रिक समावेशी व्यवसायी समूहले उम्मेदवार सार्वजनिक गरेको छ ।

सोमबार कोहलपुर पार्टी प्यालेसमा उम्मेदवारी घोषणा सभाको आयोजना गर्दै उक्त समूहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो ।

लोकतान्त्रिक समुहले प्रदीप भट्टराईलाई अध्यक्ष पदमा अगाडी सारेको छ । कोहलपुर उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका भट्टराईको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको हो।

यो पनि प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

सो समुहबाट वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योग तर्फको उपाध्यक्षमा हरीशरण केसी, वस्तुगत उपाध्यक्षमा रोकश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राजन कुमार पौडेल, कोषाध्यक्षमा भुमिराज कँडेल र सह–कोषाध्यक्षमा देविलाल सुनार उम्मेदवार रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुप बहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा र महिला सदस्यमा शितल योगी अधिकारीको उम्मेदवारी घोषणा भएको हो ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

नेपाली काँग्रेस, एकिकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको भट्टराई नेतृत्वको टिम कोहलपुर क्षेत्रका व्यवसायीहरुका समस्या समाधान गर्न सक्षम रहेको उक्त समुहले दाबी गरेको छ ।

उम्मेदवार घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताए । व्यवसायीको पक्षमा काम गर्ने उम्मेदवारलाई कोहलपुरका व्यवसायीले जिताउने जिकिर गर्दै घिमिरेले जितको अग्रिम शुभकामना समेत दिएका थिए ।

Duduwa Tato hawa Bachau Image

नेपाली काँग्रेस कोहलपुर नगर समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा भएको उम्मेदवारी घोषणा सभामा बोल्दै नेपाली काँग्रेस, एकिकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीका नेताहरुले लोकतान्त्रिक समावेशी व्यवसायी समूहका साझा उम्मेदवारहरुलाई जिताउन अपिल समेत गरेका छन् ।