आज बेलुकी ८ बजे विपीचोकमा ‘नेपालगन्ज १० किमी रात्री दौड’

आज बेलुकी ८ बजे विपीचोकमा ‘नेपालगन्ज १० किमी रात्री दौड’

नेपालगन्ज ३ असोज : आज नेपालगन्जको विपी चोकमा ‘नेपालगन्ज १० किमी रात्री दौड’ आयोजना गरिदैँछ । धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन आज ‘दशौंमा दश इभेन्ट’को नेपालगन्ज १० किमी रात्री दौडको सुरुवातबाट गरिदैँछ । 

संविधान दिवसका मौका छोपि आज बेलुकी ८ बजे नेपालगन्जको विपी चोकमा रात्री दौडको उद्घाटन गरिने आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएकोछ । जसको लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव तिरण गौतम र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सामुहिकरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेकोछ ।

देशमै पहिलोपटक आयोजना हुन लागेको रात्री दौडमा व्यवसायिक र कम्तिमा ५ किमी दौडको अनुभव भएका धावकधावकीलाई मात्र सहभागी गराइने आयोजक क्रियटिभ ह्याण्डसको तयारी छ । उक्त दौडमा पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइनेछ । १० किमी रात्री दौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागि गराइनेछ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिने नेपालगन्ज म्याराथनका संस्थापक तथा आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । 

भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार  राखिएकोछ । रात्रीकालिन दौड भिनदै प्रकृतिको भएको हुँदा आयोजकले विशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएकोछ ।  नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डसले धारा नेपालगन्ज म्याराथानको १० औं संस्करणलाई भब्य बनाउन अन्य विभिन्न १० इभेन्ट समेटेको छ ।

हरेक वर्ष मंसिर पहिलो शनिबार हुँदै आएको धारा नेपालगन्ज  म्याराथनको १० औं संस्करण आउँदो मंसिर २२ गते शनिबार हुनेछ । यसपटक कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण मिति केही पर सरेको आयोजकले जनाएकोछ । 

क्रियटिभ ह्याण्डसको आयोजना एवम क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज नेपालकै छैठौं पुरानो  सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएकोछ । 

यसैबीच, आयोजक क्रियटिभ ह्याण्डसले मङ्गलबार दशौं धारा नेपालगन्ज म्याराथनको आधिकारिक जर्सी सार्वजनिक गरिसकेकोछ । नेपालगन्ज म्याराथनका संस्थापक तथा आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरी, युथ ओलम्पिक एम्बेस्डर तथा नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी प्रदेश खेलकुद परिषद्  सदस्य डिबी तामाङ, बाँके जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र आइटि कन्सल्टेन्ट भानुभक्त रेग्मीले उक्त टिर्सटको सामुहिकरुपमा  सार्वजनिक गरेका थिए ।

Duduwa Tato hawa Bachau Image