शनिबार सिड्नीमा १९७४ एडीले प्रस्तुति दिँदै

शनिबार सिड्नीमा १९७४ एडीले प्रस्तुति दिँदै

नेपालगन्ज १ असोज : यतिबेला १९७४ एडी ब्याण्ड अष्ट्रेलियामा सांगीतिक भ्रमणमा रहेकोछ । स्थापना दिवसको ३० वर्षलाई भव्य र सभ्य बनाउन यतिबेला १९७४ एडी अस्ट्रेलियाको सांगीतिक भ्रमणमा रहेको हो । आउँदो शनिबार सिड्नीको चर्चित भेन्यू आईसीसीमा १९७४ एडीको सांगीतिक यात्राको चर्चा यतिबेला चुलिएको छ । 

करिब एक दशकअघि मुख्य गायक फिरोज स्याङ्देन अचानक अमेरिका जानु र लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत अनुपस्थित भएपछि ब्याण्डका प्रशंसकहरू निराश भएका थिए । सर्वकालिन हिट गीत गाउने दुवै गायक साथमा नभएपछि ब्याण्डमा केही खल्लोपन देखिएको थियो ।

नेपाल र विश्वभर फैलिएका नेपाली श्रोतामाझ संगीत क्षेत्रमा चिनिएको नाम र ब्याण्ड हो १९७४ एडी । केही समय छुट्टीएर पुनः एकाकार भएको यो समूहको गीत संगीतप्रतिको लगाव र लोकप्रियता भने त्यत्तिकै चुलिएको छ ।

फिरोज र एड्रियन गायक मात्र नभई सर्जक पनि थिए । सन् २०१९ मा समूहका पाँचैजना पुराना सदस्य फिरोज, एड्रियन, निराकार याक्थुम्बा, मनोज केसी र सञ्जय श्रेष्ठ फेरि ब्याण्डमा सामेल भएपछि यसले पुर्नताजगी पाएको थियो । संयोगले यसै वर्ष ‘१९७४ एडी’ स्थापनाको ३० वर्ष पुगेको छ । 

सिड्नीमा आयोजित भेटघाटमा एड्रियन प्रधानले भने ‘ब्याण्ड भनेको एउटा परिवारजस्तै हो । परिवारभित्र कुन बेला कसलाई के चित्त बुझ्दैन । त्यस्तो बेलामा नकारात्मक भावनाहरू आउन गर्छन् । हाम्रा गीत सुनेर संगीतसँग जीवन जोडिएका प्रशंसकको मायाले फेरि हामी एकताबद्ध हुन बाध्य पारीछाड्यो ।’ 

यो मन त मेरो नेपाली हो, गुराँसै फुल्यो, छुँदैन तिम्रो मायाले, सम्बोधनजस्ता सर्वकालिन गीतले लाखाँै करौडौँ दर्शक श्रोताको मन जितिसकेको यो सांगीतिक समूहको फरक पहिचान बन्दै आएको छ । ‘यसपटक ३०औँ स्थापना दिवसमा सिड्नीमा केही विशेष प्रस्तुती दिने प्रयास गर्नेछौँ,’ ब्याण्डका अर्का सदस्य निराकर याक्थुम्बाले सुनाए । 

रोटेपिण्ङ इन्टरटेन्टमेन्टले आयोजना गरेको अस्ट्रेलिया भ्रमणका दौरान सिड्नी आइपुगेका १९७४ एडीको टोलीलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तया न्युसाउथवेल्स राज्यका संयोजक विनोद कुँवर, सचिव कल्याण खड्का, प्रायोजक मार्की होक्सका इर्शाद अहमद लगायतले सम्मान गरेका थिए । 

आयोजक रोटेपिङका रोशन भट्टराईले सञ्चालन गरेको कार्यक्रममा बोल्दै एनआरएन एनएसडब्लूका संयोजक कुँवरले राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताए । मुख्य प्रायोजकको तर्फबाट मार्की होम्सका इर्शाद अहमदले नेपाली दर्शक श्रोताको मन जित्ने कलाकार र ब्याण्डसँग जोडिन पाउनु आफैँमा महत्वपूर्ण उपलब्धि रहेको चर्चा गरे । 

कार्यक्रममा ब्याण्डका सदस्यहरू संजय श्रेष्ठ, मनोज केसी, फिरोज स्याङदेनले ब्याण्डको पुर्नमिलनपछिको विदेश यात्रामा दर्शक श्रोताको माया र स्नेहमा अझ बढी अभिवृद्धि भएको आफूहरूले पाएको बताए । पाँच हजारभन्दा बढी दर्शक क्षमता भएको आईसीसी सिड्नीमा कुनै पनि नेपाली सांगीतिक समूहको यो पहिलो प्रस्तुति हो । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image Duduwa Tato hawa Bachau Image