भलिबलका कुमार राईलाई स्पेशल अवार्ड

भलिबलका कुमार राईलाई स्पेशल अवार्ड

नेपालगन्ज २८ भदौ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा यस वर्षको स्पेशल अवार्ड भलिबल प्रशिक्षक कुमार राईले पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा न्यू डाइमण्डका राईलाई यो अवार्ड प्रदान गरिएको हो ।

स्पेशल अवार्डबाट सम्मानित भएपछि प्रशिक्षक राईले भने, ‘नेपालमा धेरै राम्रा खेलाडीहरु जन्माएर नेपालको शिर अझ उचो राख्नेछु, अझ योगदान गर्नेछु ।’

राईले उत्पादन गरेका थुप्रै महिला भलिबलरहरु अहिले पनि राष्ट्रिय टिममा छन् ।

महिला भलिबलको विकासमा पु¥याएको योगदानको कदर गर्दै कुमारलाई यो अवार्ड प्रदान गरिएको हो । उनले एक लाख रुपैयाँ नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे । 

नेपालमा महिला भलिबल खेलको विकासमा कुमार राईको योगदान उदाहरणीय छ । उनले देशभित्र थुप्रै प्रतिभाशाली महिला भलिबल खेलाडी तयार गरेकाछन् । उनले तयार पारेका महिला खेलाडीहरु अहिले राष्ट्रिय टोली र विभिन्न क्लबहरुमा आबद्ध भएर महिला भलिबलमा सक्रिय छन् । 

Duduwa Tato hawa Bachau Image