जयेन्दु बाल सुधारगृहबाट जेनजी आन्दोलनमा भागेका ४७ जना अझैँ फर्केनन्
File Photo
- | नेपाखबर | अपराध–घटना
- २६ असार २०८३, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २६ असार : बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृह प्रशासनका अनुसार हाल १२० जनाको क्षमता रहेको जयेन्दु बाल सुधारगृहमा २१ प्रकारका कसुरका १७९ जना बालक आश्रित छन् ।
तीमध्ये ८० जना १८ वर्षभन्दा माथिका र ९९ जना १८ वर्षमुनिका छन् । ८५ जनाको अदालतबाट फैसला भइसकेको छ भने ९४ जना पुर्पक्षमा रहेका छन् ।
सबैभन्दा धेरै जबरजस्ती करणीसम्बन्धी ७४ मुद्दामा ७६ जना बालक रहेका छन् । त्यसपछि कर्तव्य ज्यान, लागुऔषध, सामूहिक जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, चोरी, डाँका, सवारी ज्यानलगायत गम्भीर प्रकृतिका मुद्दामा बालकहरु कानूनी प्रक्रियामा छन् ।
जयेन्दु बाल सुधारगृहले योग, ध्यान र कानूनी साक्षरतालाई सुधारात्मक न्यायको माध्यमका रूपमा अघि बढाएको यो अभ्यास अन्य बाल सुधारगृहका लागि पनि अनुकरणीय बन्न सक्ने अपेक्षा गरिएको छ । जेनजी आन्दोलनका क्रममा यहाँबाट भागेका ४७ जना बालबिज्याइँकर्ता अझैँ फरार रहेका छन् ।





0 Comments