नेपालगन्जको उधौपूर्वाबाट लागुऔषधसहित दुई जना पक्राउ

नेपालगन्जको उधौपूर्वाबाट लागुऔषधसहित दुई जना पक्राउ

नेपालगन्ज २२ असार : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ उधौपूर्वाबाट प्रहरीले ८० ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय जसवन्त चौहान लोनियासहित दुई जना रहेका छन् । उनीहरूलाई आईतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Duduwa Tato hawa Bachau Image

ईलाका प्रहरी कार्यालय हिरिमिनिया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।