स्वर्गद्वारी नगर उपप्रमुख मिनराजको गाडी दुर्घटनामा ज्यान गयो

स्वर्गद्वारी नगर उपप्रमुख मिनराजको गाडी दुर्घटनामा ज्यान गयो

नेपालगन्ज १३ असार : प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा ज्यान गएको छ । ५० वर्षीय रानामगर आफैले चलाएको लु प्र १/००१ झ ०००८ नं. को गाडी अनियन्त्रीत भई दुर्घटना हुँदा उनको घटनास्थलमै ज्यान गएको हो ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा शनिबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्माले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image

गाडी सडक देखी अन्दाजी पाँच सय मिटर तल खसेको उनले बताए । प्रहरी निरीक्षक विश्वकर्माको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।