नेपालगन्जका विद्यालय चार दिन बन्द

नेपालगन्जका विद्यालय चार दिन बन्द

नेपालगन्ज २५ जेठ : अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले भोलि (जेठ २६ गते)देखी २९ गते सम्म सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाहरूको सुझावका आधारमा आधारभूत तथा माध्यमिक तहका सम्पूर्ण कक्षाहरूको पठन पाठन बन्द हुने गरी गर्मी बिदा गरिएको सूचनामा उल्लेख छ ।

Duduwa Tato hawa Bachau Image

उक्त समय अवधिमा विद्यार्थीहरुलाई गृहकार्यको व्यवस्था गरी विद्यार्थीहरुको स्वः अध्ययन व्यवस्थित गर्नका लागि आवश्यक सहजीकरण गर्न भनिएको छ । यसअघि कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिसकेकोछ ।