सीपमुलक झोला–ब्याग बनाउने तालिम समापन

सीपमुलक झोला–ब्याग बनाउने तालिम समापन

नेपालगन्ज ५ जेठ : महिलाहरुका लागि सीपमुलक ब्याग, झोला बनाउने तालिम समापन भएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजनामा कुल ४० जना महिलालाई दुई समुहमा १५-१५ कार्य दिने तालिम दिइएको थियो । नेपालगन्जमा सोमबार औपचारिक समारोहका बीच तालिम समापन गरिएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति माया पुन मगरले घरमा बसिरहेका महिलाका लागि यो तालिम उपयोगीमुलक बनेको बताइन् । तालिम लिईसकेपछि आय, आर्जनतिर जोड दिन पनि उनले महिलाहरुलाई आग्रह गरिन् । 


महिलाहरुलाई तालिम प्रदान गर्न आफुले लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन गराएको स्मरण गर्दै सांसद पुनले आगामी दिनमा पनि थप तालिमका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाइन् । पर्यटन डिभिजन कार्यालय कोहलपुरको योजना तथा प्रशासन शाखाका वरिष्ठ अधिकृत कृष्णबहादुर बिष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई वरिष्ठ पत्रकार एवम् समाजसेवी हेमन्त कर्माचार्य, समाजसेवी प्रमोद श्रेष्ठ, तालिमका प्रशिक्षक देवी पुन मगर लगायतले पनि सम्बोधन गरेका थिए । 


यस्तै प्रशिक्षार्थीहरु कल्पना तामाङ, जुनाकुमारी बस्याल र रविसा शर्मा हल्वाईले तालिम एकदमै उपयोगी भएको बताए । सुरुमा आफुहरुले मेसिनमा धागो छिराउन समेत नजानेको स्मरण गर्दै उनीहरुले छाटो समयमै आफुहरुले झोला, ब्याग बनाउन सफल भएको बताए । 

Duduwa Tato hawa Bachau Image

समापन कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य कृष्ण पुन, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य साहिल हल्वाई लगायत अतिथीहरुको सहभागिता रहेको थियो । 

जनजाति, खसआर्य, मुस्लिम, मधेसी, थारु लगायत विभिन्न समुदायका महिलाहरुको सहभागिता रहेको तालिममा कार्यक्रम संयोजक भुमण्डल प्रकाश श्रेष्ठ रहेका थिए, भने समापन कार्यक्रम सञ्चालन पर्यटन डिभिजन कार्यालय कोहलपुरका श्याम अमगाईले गरेका थिए ।