‘लालीबजार’को अग्रिम टिकट बिक्री खुला
- | नेपाखबर | मनोरञ्जन
- २४ वैशाख २०८३, बिहिवार
- नेपाखबर
नेपालगन्ज २४ बैशाख : नेपाली चलचित्र लालीबजार बैशाख २५ गते शुक्रबारदेखि देशब्यापी रिलिज हुँदैछ । यसका लागि अग्रिम टिकट बिक्री खुला समेत गरिएकोछ ।
उच्च अदालत पाटनले प्रदर्शनको लागि बाटो खुला गरेपछि फिल्म ‘लालीबजार’ शुक्रबारदेखि देशब्यापी रिलिज हुने भएको हो । निर्माता म्याक्स दिपेश खत्रीका अनुसार फिल्मलाई आज बिहिबार प्रिमियर गर्ने तयारी छ ।
मुलुकभरका हलले यम थापा निर्देशित फिल्मको एड्भान्स बुकिङ खुला गरेका छन् । शुक्रबार लालीबजारसहित ५ फिल्म रिलिज हुने तय भएको छ ।
स्वस्तिमा खड्का स्टारर फिल्मले वादी समुदायको एक आमाको संघर्षको कथा भन्छ । कानूनी अड्चन हटे लगत्तै निर्माता फिल्मको रिलिजमा जुटेका हुन् । यसअघि १८ बैशाखदेखि फिल्म रिलिज तयारीमा थियो ।
यो फिल्मलाई यसअघि नै केन्द्रिय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।
चलचित्रका कतिपय शब्दमा आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपालीले वैशाख १४ गते दिएको रिटमा सुनुवाइ सकिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश दिदैँ चलचित्र प्रर्दैशनमा रोक लागएको थियो ।





0 Comments