नेपालगन्जमा किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक

फाइनान्सको सुविधा, सुरु मूल्य ७२ लाख ५० हजार
नेपालगन्जमा किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक

नेपालगन्ज १६ बैशाख : नेपालगन्जमा अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यानको बिक्री सुरु भएकोछ । 

सीजी मोटर्सको नेपालगन्ज स्थित आधिकारिक विक्रेता पानस इ.भि. ट्रेडिङ्ग कम्पनी प्रा.लि. द्वारा उक्त अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक बिक्री सुरु गरेको हो । 

यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

उक्त भ्यान लन्च कार्यक्रमका प्रमुख अतिथि बाँके अटो एशोसिइसनका अध्यक्ष नरेन्द्र ओलीले अनावरण गरेका थिए । 

यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ केडब्लुएच ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो । यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउँछ ।

यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ ।

किङलङ सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो । तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।

सीजी मोटर्सको नेपालगन्ज स्थित आधिकारिक विक्रेता पानस इ.भि. ट्रेडिङ्ग कम्पनी प्रा.लि.का सञ्चालक ज्ञानेन्द्र खनालका अनुसार यो सवारी नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो । 

Duduwa Tato hawa Bachau Image

खनालका अनुसार नेपालभर किंग लङ्गले हालसम्म ५,०००+ युनिट बिक्री, २६०+ चार्जिङ स्टेशन, २०+ सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ। साथै टेस्ट ड्राइभका लागि पनि उपलब्ध रहेकोछ । भने हालसम्म १५ जनाले बुकिङ्ग गरिसकेको खनालले जानकारी दिए ।

नयाँ किंग लङ्ग १६ सिटर ७२ लाख ५० हजार रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध छ । जसले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।