खजुराको पालिका गान सार्वजनिक, लोगो निर्माण गरिदैँ

खजुराको पालिका गान सार्वजनिक, लोगो निर्माण गरिदैँ

नेपालगन्ज १४ वैशाख : बाँकेको खजुरा गाउँपालिकाले आफ्नै पालिका गान प्रयोगमा ल्याएको छ ।  खजुरा गाउँपालिकामा सोमबार भएको एक औपचारिक कार्यक्रममार्फत खजुराको पालिका गान सार्वजनिक गरिएको हो । सो क्रममा खजुरा प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको उक्त खजुरा गानको अडियो तथा भिडियो पालिकालाई हस्तान्तरण गरिएको थियो ।

डा. इन्द्र बहादुर भण्डारी, बोधराज प्याकुरेल, मणीरत्न अर्याल र इश्वरी रिजालको शब्द, रचना र सम्पादन रहेको खजुरा गानको संगीत संयोजन विवी अनुरागीले गरेकाछन् । 

५२ शब्द रहेको खजुरा गानमा पूर्णकला विसी, टिका पुन, महेन्द्र सेढाई र प्रभात सुवेदीको स्वर रहेको छ भने खजुरा गानको कम्पोज प्रभात सुवेदी र महेन्द्र सेढाईंले गरेका हुन् । काठमाण्डौंको बबरमहल स्थित प्रिज्म स्टुडियोमा रेर्कडिङ गरिएको खजुरा गान एक मिनेट ३० सेकेण्डको रहेकोछ ।

खजुरा गाउँपालिका अध्यक्षले डम्बर बहादुर विक ‘तुफान’ले खजुरा गानको औपचारिकरुपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले खजुरा गानले समग्र खजुरा गाउँपालिकाको इतिहास र पहिचान झल्काउने बताए । उनले छिटै पालिकाको आफ्नो लोगो समेत तयार गरि सार्वजनिक गरिने समेत बताए ।

Duduwa Tato hawa Bachau Image

प्रतिष्ठानका उपकुलपती डा. इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा भएको पालिका गान हस्तान्तरण तथा सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि  खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादु विक ‘तुफान’, उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडाअध्यक्षद्वय धनीराम ओली र रामगोपाल यादव, कार्यपालिका सदस्य विष्णु सुनार, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, शिक्षक ऋषिकेश जिसी लगायतको उपस्थिती रहेको थियो भने खजुरा प्रज्ञा परिषद सदस्य मणीरत्न अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।