पश्चिम एशिया युद्ध : ३८ जना नेपालीको शव ल्याउन समस्या
- | नेपाखबर | विदेश | अपराध–घटना
- २० चैत २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २० चैत : पश्चिम एसियामा युद्धका कारण ३८ जना नेपालीको शव नेपाल ल्याउन समस्या देखिएको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा पश्चिम एसियाका विभिन्न मुलुकबाट ३८ जना नेपालीको शव ल्याउन समस्या भएको हो ।
विभिन्न कारणले मृत्यु भएकाहरूको शव हवाई मार्ग सञ्चालनमा आउन नसक्दा समस्या भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीका अनुसार उनीहरूको शव ल्याउनका लागि आवश्यक पहल भइरहेको र चाँडै नै ल्याइने जानकारी गराए ।
साउदीमा १७ जना, यूएईमा १५ जना, कतारमा २ जना, बहराइनमा १ जना, इजरायल (२ जना साईप्रस र १ जना इजरायल) मा ३ जनाको शव रोकिएको हो । उनीहरूको शव नेपाल ल्याउनका लागि पहल भइरहेको प्रवक्ता पौडेलले बताए ।
यसअघि ०१ अप्रिल २०२६ मा कुवेतबाट ९ जना नेपालीको शव ल्याइएको थियो । कुवेत एयरवेजको उडानमार्फत ९ जनाको शव र २९१ जना यात्रुलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो ।





0 Comments