घाँटीमा मासुको चोक्टा अड्किँदा कालेको मृत्यु

घाँटीमा मासुको चोक्टा अड्किँदा कालेको मृत्यु

नेपालगन्ज १३ चैत : खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा उनी बेहोस भएका थिए ।

Duduwa Tato hawa Bachau Image

घटनापछि आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पु¥याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । रासस