बाँकेमा आजै मतगणना गरिने : सर्वदलीय बैठकको तयारी
नेपालगन्ज २१ फागुन : बाँकेमा मतपेटिका संकलन भएपछि आजै मध्यरातीबाट मतगणा गर्ने तयारी गरिएकोछ ।
अहिले तीन वटै क्षेत्रमा मतपेटिका संकलनको काम चलिरहेको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिएका छन् ।
‘सबै ठाउँबाट मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक राखेर आजै रातिदेखि गणनाको काम सुरु गर्ने तयारी भइरहेको छ,’ उनले बताए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा आज भएको मतदानमा बाँकेमा ६३ दशमलव ४६ प्रतिशत मत खसेको छ । बाँकेका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गरेर मत खसेको हो ।
यो पनि बाँकेमा शान्तिपूर्ण मतदान, ६३.४६ प्रतिशत मत खस्यो
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार बाँकेमा कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको छ । जस अनुसार बाँके क्षेत्र नम्बर–१ मा ७५ हजार एक सय ९९, क्षेत्र नम्बर–२ मा ७२ हजार ६ सय ९ र क्षेत्र नम्बर–३ मा ७४ हजार ५ सय ५८ मत खसेको छ।
यो पनि देशभर शान्तिपूर्ण मतदान : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
बाँकेमा कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेका थिए । मतगणना गर्न क्षेत्र नम्बर–१ को अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालय, क्षेत्र नम्बर–२ को भेरी प्राविधिक शिक्षालय नेपालगन्ज र क्षेत्र नम्बर–३ को खजुरास्थित कपास विकास समितिको कार्यालय तोकिएको छ।





0 Comments