भोलि खण्डग्रास चन्द्रग्रहण
- | नेपाखबर
- १८ फागुन २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज १८ फागुन : भोली फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको रहने छ, किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्य बताउछन् ।
आचार्यका अनुसार काठमाडौँमा साँझ ६ः०४ बजे चन्द्रमाको उदय हुने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको हुने छ । यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म मात्र स्पष्ट रूपमा देख्न सकिने छ । साँझ ७ः०४ बजेपछि चन्द्रमा बिस्तारै पृथ्वीको मुख्य छायाँबाट बाहिर निस्कने छ ।
चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता पर्दैन । सूर्यग्रहण जस्तो यसले आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट यसलाई स्पष्ट र सुरक्षित रूपमा हेर्न सकिने उनी बताउछन् । नेपालबाट यो ग्रहणपछि अब विसं २०८४ मा मात्र खण्डग्रास सूर्यग्रहण देखिने उनले बताए ।





0 Comments