उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

नेपालगन्ज ७ माघ : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज बुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन : देशभर तीन हजार ४२८ जनाको उम्मेदवारी दर्ता

आयोगले माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

यो पनि मनोनयनपत्र दर्ताको तयारी पूरा, यस्तो छ निर्वाचन कार्यक्रम

यो पनि निर्वाचन आचारसंहिता लागू: ककसलाई लाग्छ आचारसंहिता ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।

यो पनि आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

Duduwa Tato hawa Bachau Image

उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेकाछन् । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । 

यो पनि निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतले के–के गर्नुपर्छ ?

यो पनि निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत

यो पनि आज १६५ वटै क्षेत्रमा एकैसमयमा निर्वाचन अधिकृतको कार्यालय खुल्दै 

यो पनि १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम