बाँके क्षेत्र नम्बर-३ मा एमालेको फाइनल उम्मेदवार सुमन मल्ल

बाँके क्षेत्र नम्बर-३ मा एमालेको फाइनल उम्मेदवार सुमन मल्ल

नेपालगन्ज ५ माघ: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले बाँके क्षेत्र नम्बर ३ मा युवा नेता सुमन मल्ललाई टिकट दिएको छ ।

बदलिएको परिस्थिति र युवा उम्मेदवारको माग चौतर्फी बढेपछी यसअघि गरिएको निर्णय संसोधन गर्दै एमालेले युवाका लोकप्रिय नेताको रुपमा परिचित मल्ललाई टिकट दिएको हो ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

यसअघि बाके क्षेत्र नम्बर ३ मा दल बहादुर सुनारको नाम सिफारिस गरिएको थियो ।

पार्टी भित्र र बाहिरका युवाहरुको रोजाईको नेता सुमन मल्लले टिकट पाए संगै युवापुस्ता उत्साहित समेत भएका छन् ।

Duduwa Tato hawa Bachau Image

मल्ल पहिलो स्थानीय तह निर्वाचनमा बाकेको खजुरा गाउँपालिका वडा नम्बर एकबाट अध्यक्ष निर्वाचित भएका थिए भने २०७९ मा खजुरा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।