नेताहरू लहडे होइन, गम्भीर र जिम्मेवार हुनुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर

नेताहरू लहडे होइन, गम्भीर र जिम्मेवार हुनुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर

नेपालगन्ज २ माघ : नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेताहरू गम्भीर र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

उनले सबै नेता पार्टीका र पार्टी देश र जनताका सम्पत्ति भएको जिकिर गर्दै यस्तो बताएका हुन् । राठौरले एउटा नेता बनाउन स्वयं नेता बन्नेले मात्र नभइ देश, जनता र पार्टीले ठूलो योगदान गरेका उल्लेख गरेकाम छन् ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

‘सबै नेता पार्टीका र पार्टी देश र जनताका सम्पत्ति हुन् । एउटा नेता बनाउन स्वयं नेता बन्नेले मात्र होइन देश, जनता र पार्टीले ठूलो योगदान गरेका हुन्छन्,’ उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘त्यसैले नेताहरू गम्भीर र जिम्मेवार हुनुपर्छ, लहडे होइन ।’

Duduwa Tato hawa Bachau Image

यतिबेला नेपाली काँग्रेसभित्रको विवाद चरम अवस्थामा पुगेको छ । गत बुधबार गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि काँग्रेसभित्रको विवाद झनै चुलिएको हो ।