नेपाल–भारत यात्रा गर्दा एक सय रुपैयाँ अनिवार्य तिर्नुपर्ने
File Photo
- | अर्थ | नेपाखबर | सूचना-प्रविधि
- २२ पुष २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज २२ पुष : नेपाल–भारत सीमाको आइसीपीबाट आवतजावत गर्ने नेपाली तथा भारतीय नागरिकसँग भारत सरकारले अब कर लिने भएकोछ । वयस्क यात्रुबाट १०० रुपैयाँ र बालबालिकाबाट ५० रुपैयाँ यात्रा कर असुल गरिनेछ । यो व्यवस्था नेपाली र भारतीय नागरिक दुवैका लागि समान रुपमा लागू हुने भारतीय सञ्चारमाध्यले समाचार प्रकाशन गरेकाछन् ।
आइसीपी पोर्ट एडमिनिस्ट्रेसनले सम्बन्धित निकाय तथा जिल्ला प्रशासनलाई यसबारे जानकारी गराइसकेको छ । तर, यो नियम जमुनाहा–रुपैडिहा नाका हुँदै सिधै आवतजावत गर्नेहरुमा भने लागू नहुने स्पष्ट गरिएकोछ । आईसीपी प्रयोग गरी सीमा पार गर्ने यात्रुमा मात्र कर लाग्ने जनाइएकोछ ।
आईसीपीबाट दैनिक सयौं संख्यामा नेपाल–भारत सीमा आवतजावत हुने गरेकोछ । विशेषगरी रोजगारी, व्यापार र उपचारका लागि ठूलो संख्यामा मानिसहरु आवतजावत गर्ने गरेकाछन् ।





0 Comments