पर्यटन प्रबर्द्धनका लागि नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ शुरु

पर्यटन प्रबर्द्धनका लागि नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ शुरु

नेपालगन्ज ५ पुसः नेपालमा भारतीय पर्यटकलाई बढावा दिन नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आजदेखि सुरु भएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको कन्क्लेभमा नेपाल–भारत दुबै देशका पर्यटन साझेदार, सरोकारवाला सहभागि भएका छन् । 


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कन्क्लेभको शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्टले धार्मिक पर्यटनका हिसाबले नेपालगन्ज प्रख्यात रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई बढावा दिन हामी सबैको साझा प्रयास आवश्यक भएको बताए ।

उनले धार्मिक पर्यटनलाई कसरी बढाउन सकिन्छ भनेर उपमहानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिदै नेपालगन्जमा भारतीय पर्यटकलाई सहज वातावरण निर्माणको प्रयत्न गरिने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बाँकेमा पर्यटनको अथाहा सम्भावना रहेको औल्याउदै यसको प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सघाउ पु¥याउने बताए ।

भारतीय टुर अप्रेटर शैलेश अग्रवालले भारतीय पर्यटकलाई हवाई उडानमा तोकेको भन्दा बढी शुल्क लिने गरिएको आरोप लगाए ।

भारतका अर्का टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आँउदा सन्देह राख्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई कानूनी झमेला भन्दा पारिवारिक वातावरण दिनुपर्ने बताए ।


हान नेपालका केन्द्रिय सदस्य दीवाकर खनालले पशुपति केदारनाथ, जनकपुर अयोध्या र लुम्विनी बोधगया सर्किट बनाएर पर्यटन विकास गर्न सकिनेमा जोड दिए ।

यस्तै पश्चिम नेपालको प्रमुख शक्तिपीठ मध्य एक बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटनको विकास हुने बताए ।

यो पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपालगन्जमा गरिदै ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’

नाट्टा बाँकेका संस्थापक अध्यक्ष एवम कार्यक्रम संयोजक श्रीराम सिग्देलले दुबै देशका पर्यटन साझेदार, सरोकारवालालाई एउटै थलोमा ल्याएर पर्यटन प्रर्वद्धनमा देखिने अवरोध हटाउन सहयोग मिल्ने उल्लेख गर्दै नेपाल र भारतबीचका पर्यटन व्यवसायीमा अन्तरसम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए ।

Duduwa Tato hawa Bachau Image

करिब ३० जना भारतीय टुर अपरेटर सहितको सो कार्यक्रममा ३२ वटा स्टल समेत सहभागी छन् । टुर अपरेटरलाई ग्रामीण पर्यटनको बारेमा जानकारी दिदै बाँके राष्ट्रिय निकुञ्जमा आईतबार जंगल सफारी गराउने कार्यक्रम रहेको नाट्टा बाँकेका संस्थापक अध्यक्ष सिग्देलले बताए ।

दुबै देशको पर्यटन ब्यवसायको अनुभव आदान–प्रदान हुनुका साथै पर्यटकलाई भित्राउँदा दुई देशको सिमाक्षेत्रमा आउने गरेका समस्यालाई समाधान गर्नका लागि नीति, निर्माताबीच छलफल भएको थियो । 

नाट्टा बाँके च्याप्टर अध्यक्ष डिल्लीराज रेग्मीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ महत्वपूर्ण कार्यक्रम रहेको बताए । उनका अनुसार नेपाल पर्यटन बोर्डले आयोजना गर्ने उक्त कार्यक्रमलाई नाट्टा बाँकेले संयोजन गरेको हो ।

बिहान पहिलो शत्रमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ र दोस्रो शत्रमा ‘बि टु बि’ गरिएको थियो । कार्यक्रम अन्तरगत शनिबार बेलुका नेपाली साँस्कृतिक कार्यक्रम अवलोकन गराइनेछ ।