मोटरसाइकल दुर्घटनामा कैलालीकी सपनाको मृत्यु
File Photo
- | नेपाखबर | अपराध–घटना
- ६ मंसिर २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ५ मंसिर : बर्दियामा मोटरसाइकल गोरुगाडामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा कैलाली भजनी नगरपालिका वडा १ की ३० वर्षीया सपना सुनार रहेकीछन् ।
गुलरिया–नेपालगन्ज सडक खण्डको गुलरिया–११ मा गएराती मोटरसाइकल गोरुगाडामा ठोक्किएको थियो । मोटरसाइकल चालक मृतकका श्रीमान् ३६ वर्षीय चञ्चल सुनार र छोरी ५ वर्षीया कृष्ण सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घाइतेको उपचारको लागि नेपालगन्ज ल्याइएकोछ ।
एक्कासी गोरुगाडामा ठोक्किँदा सपनाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा बर्दिया अस्पतालमा मृत्यु भएको हो । गोरुगाडा चालक गुलरिया नगरपालिका–५ बालापुरका ४५ वर्षीय कर्ण थारूलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए ।
लाइट र रिफ्लेक्टर नहुने हुँदा गोरुगाडा अरु सवारी साधनका लागि जोखिमपूर्ण हुने गर्दछ । तराई क्षेत्रमा मोटरसाइकल लगायतका सवारीसाधन दुर्घटना हुने एक कारणमध्ये गोरुगाडा एक हो ।





0 Comments