कारकाँदोमा युवकमाथि आक्रमण गर्ने विनय भण्डारी समातिए

कारकाँदोमा युवकमाथि आक्रमण गर्ने विनय भण्डारी समातिए

नेपालगन्ज ३ मंसिर : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सुर्खेत रोडमा एक युकवमाथि आक्रमण गरेर फरार रहेका एक ब्यक्ति पक्राउ परेकाछन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयसम्म फरार भएका ती व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । 

कारकाँदो स्थित सुर्खेतरोडमा भएको उक्त घटनामा फरार रहेका सुर्खेत रोडकै विनय भण्डारी रहेकाछन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझीबाट नियन्त्रणमा लिएको हो । उनीसहितको समूहले गत १३ वैशाखमा एक व्यक्तिलाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए ।

Duduwa Tato hawa Bachau Image

पक्राउ परेका भण्डारीमाथि ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए । 

अनुसन्धानका क्रममा भण्डारीविरुद्ध यसअघि पनि विभिन्न किसिमका तीन वटा मुद्दा चलेको भेटिएको छ । बाँकेबाटै २४ फागुन २०७३ मा उनीविरुद्ध सवारी ज्यान कसुरको मुद्दा चलेको थियो ।