नेपालगन्जको वेष्टर्न हस्पिटल सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित
नेपालगन्ज १ मंसिर : राष्ट्रिय कर दिवसका अवसरमा वेष्टर्न हस्पिटल प्रालि नेपालगन्जलाई सम्मान गरिएकोछ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आर्थिक वर्ष २०८०÷०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा वेष्टर्न हस्पिटल प्रालि नेपालगन्जलाई सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आयोजित कए कार्यक्रममा वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले हस्पिटलका सञ्चालक डा. विनोद कुमार थापाले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
नेपालगन्जमा आयोजित शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले कर प्रणालीमा समयसापेक्ष सुधार आवश्यक रहेको बताए । उनले करदातामैत्री वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, आइक्यान बाँकेका अध्यक्ष तेज प्रकाश दिक्षित, अडानका केन्द्रिय सचिव जुवेर राई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कर अधिकृत उदयराम केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का कर अधिकृत किरण डाँगीले गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख न्यौपानेले प्रत्येक वर्ष कर उठ्ने क्रम क्रमशः वृद्धि भइरहेको बताए । आन्तरिक राजश्व कार्यालय नेपालगन्जको कार्य क्षेत्र बाँके र बर्दिया जिल्ला हुन् ।





0 Comments