बाँकेमा सडक दुर्घटनामा परि १५ जनाको गयो ज्यान

६ हजार बढी सवारीसाधन कारबाही
बाँकेमा सडक दुर्घटनामा परि १५ जनाको गयो ज्यान

नेपालगन्ज २४ कार्तिक : बाँकेमा ६ हजार बढी सवारी साधन कारबाहीमा परेकाछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । कारबाहीबाट ४९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक महिनाको दोस्रा हप्ता सम्म नियमविपरीत सञ्चालनमा रहेका छ हजार ४२५ वटा विभिन्न सवारीसाधनलाई कारबाही गरिएको बताए । उनले उक्त सवारीसाधन कारबाहीबाट ४९ लाख ४३ हजार पाँचसय रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image

“चालु आवको हालसम्म नियमविपरीत सञ्चालनमा रहेका छ हजार ४२५ वटा विभिन्न सवारीसाधन कारबाहीमा परेका छन्, कारबाहीबाट ४९ लाख ४३ हजार पाँचसय रुपैयाँ राजस्व सङ्कलन भएको छ” प्रहरी निरीक्षक शाहीले बताए ।

उनका अनुसार चालु आवको सो समयसम्म बाँके जिल्लाका विभिन्न स्थानहरुमा ३५१ वटा साना ठूला सवारीसाधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् भने ६४७ जना घाइते भएका छन् ।