हात्ती आतंकः कञ्चनपुरमा नौ वर्षमा १७ जनाको मृत्यु

हात्ती आतंकः कञ्चनपुरमा नौ वर्षमा १७ जनाको मृत्यु

नेपालगन्ज २१ कार्तिक : कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ। बितेका नौ वर्षमा कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट मात्रै १७ जनाको मृत्यु भएको छ। जसमा तीन महिला र १४ पुरुष छन्।  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्यांकअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर ती मानिसहरू हात्तीको आक्रमणमा परेका थिए।  

डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताइन्।  

‘मृत्यु भएका मानिसका परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले क्षतिपूर्ति दिइएको छ,’ उनले भनिन्, ‘घाइतेहरूको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ।’

पछिल्लो समय कञ्चनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेलडाँडी गाउँपालिकामा जङ्गली हात्तीले नोक्सान पु¥याउँदै आएका छन्। जङ्गली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धवाउन खटिन गरेका छन्।

Duduwa Tato hawa Bachau Image

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार यस वर्ष निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आवातजावत बढी देखिएको छ ।

उनले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिए।