वीपी चोकदेखी धम्बोझी चोकसम्म सडक सीमाभित्रका संरचना हटाउन १५ दिने सूचना
- | नेपाखबर | सूचना-प्रविधि
- १९ कार्तिक २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज १८ कार्तिक : नेपालगन्ज उपमहानगरपालिकाले सडक सीमा भित्र भएका संरचना हटाउन एक सूचना जारी गरेकोछ ।
नेपालगन्ज उपमहानगपालिकाको वीपी चोकदेखी उत्तर धम्बोझी चोकसम्मको सडका दुवैतर्फ रहेका संरचना हटाउन प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले मंगलबार एक सूचना जारी गरेका हुन् । उक्त सडक क्षेत्र भित्रका संरचना हटाउन १५ दिनको समयसीमा दिइएकोछ ।
राष्ट्रिय राजमार्ग अन्तरगतको रत्न राजमार्गको वीपी चोकबाट धम्बोझीसम्म दुबैतर्फ फुटपाथ तथा बृक्षारोपण कार्यक्रमको निमार्ण कार्य सुरु हुने भएकाले सोही खण्डको दुबैतर्फ नालाको बाहिरी किनाराबाट ७ फिट भित्र निर्माण गरिएका टहरा होर्डिङ्ग बोर्ड लगायतका हाल जे जस्तो अवस्थामा रहेका संरचनाहरु छन्, तीनीहरुलाई हटाउन उक्त सूचनामा भनिएकोछ ।
सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र सम्बन्धित स्वयमले हटाउन अनुरोध गरिएको छ । तोकिएको अवधिभित्र उक्त संरचनाहरु नहटाइएमा कार्यालयबाट हटाइने र त्यसबाट हुने क्षतिको जिम्मेवा सम्बन्धित व्यक्ति आफै हुनुपर्ने तथा हटाउँदा लाग्ने खर्च समते स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५(४) बमोजिम सम्बन्धित ब्याक्तिहरुबाट नै असुलउपर गरिने सूचनामा उल्लेखछ ।





0 Comments