बाँके ट्राफिक प्रमुखमा शाही र नेपालगन्ज वडा प्रहरी प्रमुखमा खड्का

बाँकेबाट सरुवा भएका प्रहरी निरीक्षकको विवरण हेरौं
बाँके ट्राफिक प्रमुखमा शाही र नेपालगन्ज वडा प्रहरी प्रमुखमा खड्का

नेपालगन्ज २९ असोज : जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पुस्करराज पन्त तथा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख अरुण बमसहित देशभर नेपाल प्रहरीका ६६५ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । 

नेपाल प्रहरीको प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार बाँकेसहित देशभरका ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो । 

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पुस्करराज पन्तको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया, कैलाली सरुवा भएकोछ । भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा, टंगालका प्रहरी निरीक्षक कनक बहादुर शाहीको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा सरुवा भएकोछ । 

यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक अरुण बमको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यू.एन. शाखा नक्साल, काठमाण्डौं सरुवा भएकोछ । केन्द्रिय अनुसन्धान व्यूरो पिलर ४, वन्यजन्तु तथा वातावरणसँग सम्बन्धित अपराध अनुसन्धान शाखा लाजिम्पाट, काठमाण्डौंमा कार्यरत प्रहरी निरीक्षक शेखर खड्काको वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएकोछ । 

सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ ।

बाँकेबाट सरुवा भइ जाने प्रहरी निरीक्षकहरु

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरक्षिक अरुण बमको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यू एन शाखा नक्साल काठमाण्डौं सरुवा भएकोछ । 

पुस्करराज पन्त जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया, कैलाली सरुवा भएकोछ ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राफ इकाइ, सुर्खेत हाल नेपालगन्जका कुशलसिंह ठकुरीको जिल्ला प्रहरी कार्यालय पाल्पा मानवश्रोत व्यवस्थापन शाखामा सरुवा भएकोछ । 

नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुर बाँकेका नविन कुमार थापा क्षेत्रीको नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुक्षा तथा प्रहरी कार्य शाखा भैरहवा, रुपेन्देही सरुवा भएकोछ ।

लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेका पर्वत कुमार केसीको जिल्ला प्रहरी कार्याय गुल्मी अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएकोछ । 

पूर्णबहादुर केसी इलाका प्रहरी कार्यालय धनौली, खजुरा बाँकेका जिल्ला प्रहरी कार्यालय  सल्यान अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँके मानवश्रोत व्यवस्थापन शाखका यामबहादुर बुढामगरको इलाका प्रहरी कार्यालय चुनावाङ, पूर्वी रुकुम सरुवा भएकोछ । 

रविन्द्र अधिकारी, इलाका प्रहरी कार्यालय चिसापानी, बाँकेका जिल्ला प्रहरी कार्यालय पर्सा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा सरुवा भएकोछ । 

लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेका राजकुमार थापाको इलाका प्रहरी कार्यालय नौमुले, दैलेख सरुवा भएकोछ । 

ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँके अपराध नियन्त्रण शाखाका रेशमलाल पौडेलको जिल्ला प्रहरी कार्यालय कास्की मानवश्रोत व्यवस्थापन शाखामा सरुवा भएकोछ । 

नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुर बाँकेका विवेक घलेको जिल्ला प्रहरी कार्यालय गुल्मी मानवश्रोत व्यवस्थापन शाखामा सरुवा भएकोछ । 

जिल्ला प्रहरी कार्यालय बाँके अपराध नियन्त्रण तथा अनुसन्धान शाखाकी शीवा थापाको जिल्ला प्रहरी कार्यालय कास्की शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा सरुवा भएकोछ । 

ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका हरी भट्टराईको जिल्ला प्रहरी कार्यालय प्युठान मानवश्रोत व्यवस्थापन शाखामा सरुवा भएकोछ । 

जिल्ला प्रहरी कार्यालय बाँके शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका हिमराज विकको इलाका प्रहरी कार्यालय काँक्री, पूर्वी रुकुम सरुवा भएकोछ । 

Duduwa Tato hawa Bachau Image

बाँके जिल्लामा सरुवा भइ आउने प्रहरी निरीक्षकहरु

जिल्ला प्रहरी कार्यालय मुगु, अपराध नियन्त्रण तथा शनुसन्धान शाखका अच्युतराज आचार्यको इलाका प्रहरी कार्यालय कोहलपुर बाँके अपराध  नियन्त्रण शाखामा सरुवा भएकोछ ।

जिल्ला प्रहरी कार्यालय कास्की अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका अविनास दिप जिसीको ईलाका प्रहरी कार्यालय चिसापानी बाँकेमा सरुवा भएकोछ । 

इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ, बर्दियाका उत्तम कुमार जिसीको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँके सरुवा भएकोछ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा, टंगालका कनक बहादुर शाही जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा सरुवा भएकोछ । 

प्रहरी वृत्त जनसेवा, काठमाण्डौं अपराध नियन्त्रण शाखाका किरण प्रकाश मल्लको लुम्बिनी प्रदेश प्रहरी कार्यालय कानून तथा मानव अधिकार शाखा तुल्सीपुर दाङ काजमा इलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा सरुवा भएकोछ । 

जिल्ला प्रहरी कार्यालय प्यूठान मानवश्रोत व्यवस्थापन शाखाका केशव केसीको जिल्ला प्रहरी कार्यालय बाँके शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा सरुवा भएकोछ । 

इलाका प्रहरी कार्यालय दार्मा, सल्यानका कौशल पराजुलीको नेपाल प्रहरी प्रदेश कार्यालय केन्द्रिय अनुसन्धान इकाई, सुर्खेत हाल नेपालगन्जमा सरुवा भएकोछ । 

जिल्ला प्रहरी कार्यालय बर्दिया, अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका नविन प्रकाश चापागाईको इलाका प्रहरी कार्यालय धनौली खजुरा, बाँकेमा सरुवा भएकोछ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका भिमबहादुर खड्काको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुरमा सरुवा भएकोछ । 

इलाका प्रहरी कार्यालय उवा, रोल्पाका मोहनसिंह बस्नेतको नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राफ इकाई, सुर्खेत हाल नेपालगन्जमा सरुवा भएकोछ ।

ईलाका प्रहरी कार्यालय फर्पिङ, काठमाण्डौका रमेश विष्टको जिल्ला प्रहरी कार्यालय बाँके अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएकोछ । 

नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा भैरहवा, रुपन्देहीका रामनारायण गुप्ताको इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सरुवा भएकोछ । 

जिल्ला प्रहरी कार्यालय पाँचथर, अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका विनोद कार्कीको नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेमा सरुवा भएकोछ।  

केन्द्रिय अनुसन्धान व्यूरो पिलर ४, वन्यजन्तु तथा वातावरणसँग सम्बन्धित अपराध अनुसन्धान शाखा लाजिम्पाट, काठमाण्डौंमा कार्यररत शेखर खड्काको वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएकोछ । 

जिल्ला प्रहरी कार्यालय पाल्पा, मानवश्रोत व्यवस्थापन शाखाका सन्दिप वेल्वासेको नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुर बाँके काज जिल्ला ट्राफिक कार्यालय बर्दियमा सरुवा भएकोछ । 

वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सुजन शाहको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा सरुवा भएकोछ ।