मौरी रेस्टुरेन्टको जुवाखालबाट १३ लाखसहित १४ जना जुवाडे पक्राउ

मौरी रेस्टुरेन्टको जुवाखालबाट १३ लाखसहित १४ जना जुवाडे पक्राउ

नेपालगन्ज २३ असोज : नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ ।

बाँके प्रहरीले नेपालगन्ज बसपार्क बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट प्रहरीका वरिष्ठ सईसहित बाँकेका नेपालगन्ज र कोहलपुरका हाइप्रोफाइल जुवाडेहरुलाई १३ लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी अंगुर जिसीको निर्देशनमा प्रहरी निरीक्षक यमबहादुर बुढामगरको कमाण्डमा गएको टोलीले बुधबार राति करिब साढे ११ बजे मौरी रेस्टुरेन्टको जुवाखालमा छापा हान्दै उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीका अनुसार मौरी रेष्टुरेन्टबाट १३ लाख ६३ हजार आठ सय रुपैयाँ नगदसहित नेपालगन्ज र कोहलपुरका १४ जना जुवाडेलाई समातेको बाँके प्रहरी प्रमुख जिसीले बताए ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

बाँके प्रहरीका अनुसार गएराति ११.३० बजेको समयमा रेष्टुरेन्टको दोस्रो तलाको हलमा तास खेलिरहेका नेपालगन्जका गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मो. सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गौतम, रमेश शाही, कोहलपुरका भागीरथ यादव, नन्दलाल यादव, सुमन केसी र रेष्टुरेन्ट सञ्चालक विज्ञान श्रेष्ठलाई प्रहरीले समातेको छ ।

जुवाखालबाट पक्राउ परेकाहरु कतिपय वर्षभरी जुवा खेलिरहने जुवाका नाइके समेत रहेकाछन् । भने कतिपय जुवा घटनामा पटक–पटक पक्राउ परेका ‘पटके’ जुवाडे समेत रहेको प्रहरीले जनाएकोछ । 

Duduwa Tato hawa Bachau Image

प्रहरीले खेल्दै गरेको दुई गड्डी र नखोलेको ८ गड्डी तास र पर्दा बरामद गरेको छ । पक्राउ परेका सबै जुवाडेहरुलाई म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ भने पक्राउ परेकाहरुलाई कानून बमोजिम कारबाही हुने बाँके प्रहरी प्रमुख जिसीले बताए ।