जेनजी आन्दोलनका ३० घाइते अझै उपचाररत
- | राजनीति | नेपाखबर | अपराध–घटना
- २० असोज २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज २० असोज : जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको अझैं उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार ३० जना घाइतेको अझैं उपचार भइरहेको हो ।
सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्।
यो पनि जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ७२ पुग्यो
यसैगरी बी एण्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी जम्मा ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो ।
यो पनि जेनजी आन्दोलन : जेल तोडेर भाग्न खोज्दा यी १० जनाले गुमाए ज्यान
मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपछि दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।
यो पनि जेनजी आन्दोलन : आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा
त्यसैगरी अस्पतालमा आएका/मृत्यु भएका कुल सङ्ख्या ४९ छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिक मार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौ जना छ ।





0 Comments