खजुराले रोक्यो वितरणमुखी कार्यक्रम
पदाधिकारी र कर्मचारीको बैठक भत्ता पनि बन्द
खजुरा ११ असोज : बाँकेको खजुरा गाउँपालिकाले विभिन्न निकायहरुबाट सञ्चालन भइरहेको वितरणमुख कार्यक्रमहरू स्थगित गरिएको छ ।
पालिकाबाट वितरण हुँदै आएको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, ग्यास, साइकल, विद्युत महसुल, ह्याण्ड पम्म, साडी जस्ता वितरणमुख कार्यक्रम पालिकाले स्थगित गरेको हो ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दील बहादुर पौडेलले शुक्रबार एक सूचना जारी गर्दै वितरणमुख कार्यक्रम नगर्न नगराउन सबै सरोकारवालाहरुलाई जानकारी गराएका छन् ।
त्यस्ता वितरणमुखी कार्यक्रम सहित सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नहुने, महँगा इलक्ट्रोनिक्स र विलासी सामाग्री खरिद नहुने, कार्यक्रमको खर्चमा मितव्ययीता कायम गर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय कार्यान्वयन गर्ने गराउने भनी लेखि आएको जनाउँदै उल्लेखित कुनै पनि कार्यक्रम सञ्चालन नगर्न सूचनामा भनिएको छ । सूचनामा उक्त वितरणमुखी कार्यक्रम संचालन गरे गराए स्वयंम जिम्मेवारी हुने र गाउँपालिका सो रकम भुक्तानी गर्न बाध्य नहुने सूचनामा उल्लेख छ ।





0 Comments